‘महाजात्रा’को नयाँ व्यबसायिक रेकर्ड
rajdhanidaily.com · Tue Apr 16 23:35:27 UTC 2024

काठमाडौं । नेपाली चलचित्र पछिल्लो समय विदेशमा नयाँ नयाँ व्यबसायिक रेकर्ड बनाउन सफल भएका छन् । साउदी अरबमा सार्वजनिक प्रदर्शन भएको पहिलो नेपाली चलचित्रको रेडर्क बनाएको महाजात्राले अष्ट्रेलियामा पनि व्यबसायिक रेकर्ड बनाएको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र महाजात्रा नेपालमा चौथो सातामा पनि त्यतिकै ‘अकुपेन्सी’सहित प्रदर्शन भइरहेको छ । यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)