गण्डकी प्रदेश सरकार धरापमा, सरकार जोगाउन मुख्यमन्त्री काठमाडौंमा
reportersnepal.com · Mon Apr 12 17:33:21 GMT 2021
काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि गण्डकी प्रदेश सरकार धरापमा परेको छ । आज भोलि नै माओवादी केन्द्र र जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् ।
गण्डकी प्रदेश सरकार जोगाउनको लागि राष्टिय जनमोर्चा नेपाल निर्णायक शक्ति बनेको छ । तर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएपछि अहिले मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ तनाबमा छन् । उनी सरकार जोगाउनको लागि कांग्रेसको साथ खोज्दै काठमाडौं आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)