मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

स्वअध्ययन गरेर आईटी क्षेत्रमा काम गर्न सकिन्छ

Ujyaaloonline.com · Thu Apr 25 23:37:34 UTC 2024

नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको दायरा बढ्दै गएको छ । यसमा म कार्यरत भएको २० वर्षभन्दा बढी भयो । आईटीमा नयाँ प्रविधिको विकास र परिवर्तन भइरहेको छ । त्यसले गर्दा नयाँ किसिमको माग बढिरहेको छ । यसमा आईटीलाई देशभित्र उपभोग गर्ने र विश्वमा आईटी सेवामा कसरी सहभागिता जनाउने भनेर दुई वटा तरिकाले हेर्न सकिन्छ । आईटीलाई हामीले सीमाविनकाे देशजस्तो सोच्नुपर्छ । विश्वमा हामी भौतिक रूपमा बाँडिए पनि डिजिटल रूपमा बाँडिएका छैनौँ । त्यसैले नेपालमा चल्ने प्रविधि अमेरिकालगायत विकसित देशमा पनि चल्छ । आईटीसम्बन्धी सीप छ भने नेपालमै बसेर विदेशी आईटी कम्पनीमा काम गर्ने वतावरण छ । नेपालमा आईटी क्षेत्रमा ६० हजार जनाभन्दा धेरैले काम गर्ने गरेको तथ्याङ्क छ । एउटा अध्ययनअनुसार रेकर्डमा नभएका अनुमानित एक लाख जना मानिस आईटी क्षेत्रमा काम गरिरहेका छन् । अर्बाैँ डलर निर्यात पनि भएको छ । यो हेर्दा पर्यटन उद्योगभन्दा आईटी क्षेत्र ठूलो उद्योग बन्न सक्ने म देख्छु ।

नेपालमा आईटी पढाइ र सीप

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)