वेदव्यास जन्मभूमिमा आन्तरिक पर्यटक बढ्दै
hamrakura.com · Tue Jan 03 00:00:00 GMT 2023
तनहुँ । अठ्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमि तनहुँको दमौलीमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । व्यास नगरपालिका वडा नं. ३ स्थित वेदव्यासको जन्मभूमिमा अहिले देशका विभिन्न क्षेत्रका विद्यालयबाट अवलोकन भ्रमणमा आउने आन्तरिक पर्यटक बढेको व्यासभूमिका संरक्षक गोविन्द बाबाले बताए ।
कोरोना पछि विस्तारै यहाँको पर्यटन चहलपहल बढ्न थालेको उनी बताउछन् । बिदाको दिनमा यहाँ घुम्न आउने पर्यटकको संख्या बढी रहेको उनले बताए । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले वेदव्यासको जन्मभूमि पवित्र भूमिमा आएको बताए । फोहर व्यवस्थापनको अध्ययनका लागि आएको अवस्थामा वेदव्यासको जन्मभूमिमा आएको बताउछन् । नगरपालिकाको नाम नै वेदव्यासको नामबाट राखिँदा छुट्टै यहाँको प्रचारप्रसार भएको उनी बताउछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)