पुटिन र सीबीच वार्ता, ताइवानमा चीनको अडानलाई रुसको समर्थन
ratopati.com
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आशा व्यक्त गरेका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन।
सरकारी टेलिभिजनमा प्रसारण भएको दुई नेताबीचको भिडियो कन्फरेन्समा टिप्पणी गर्दै पुटिनले चीनसँग सैन्य सहयोगलाई सुदृढ गर्ने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । करिब आठ मिनेटको पुटिनको सम्बोधनमा रुसलाई पश्चिमी शक्तिहरूबाट टाढा राख्न आह्वान गरिएको थियो । उनले भने, ‘जसले युक्रेनविरुद्ध कदम चाल्न र युक्रेनलाई हतियार उपलब्ध गराउन बाध्य पारेर रुसलाई राजनीतिक र आर्थिक रूपमा हानि पुर्याउने प्रयास गरेका छन्।’ चीनलाई आउन निमन्त्रणा गर्दै उनले भने, ‘महत्वपूर्ण विषयमा रुस–चीनबीच भएको सम्झौताले विश्वलाई आफ्नो शक्तिको बारेमा बताउनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)