मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीको भ्रमण टोलीमा आधा दर्जन सचिव

ekantipur.com · Fri Oct 29 01:18:49 GMT 2021

काठमाडौँ — स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ ।

पाँचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण गर्न लागेका देउवासँगै ग्लास्गो जाने टोलीमा सचिव मात्रै ६ जना छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् । उक्त भ्रमणमा परराष्ट्र सचिव र सम्बन्धित वन मन्त्रालयका सचिव मात्र भए पर्याप्त हुनेमा सचिवहरूको टोली नै जान लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)