टेम्पो भीरमा खसालेको घटनाको विरोध : १२ जना कर्मचारी नियन्त्रणमा
gorkhapatraonline.com · Sun Jun 14 14:20:20 GMT 2026

कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरमा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ ।
भीमदत्त राजमार्गमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसालेका थिए । सो घटनाको भिडियो जेठ ३० गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)