मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना हुँदै

rajdhanidaily.com · Tue Apr 16 23:37:12 UTC 2024

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजनाको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बालदिवस नोभेम्बर २० को अवसर पारेर काठमाडौंमा आउँदो मंसिर ५ गतेदेखि महोत्सव यो महोत्सब गरिने आयोजक पक्षले जनाएको छ । ‘बालबालिकाका लागि चलचित्र’ अभियानका साथ स्थापना भएको एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)ले यो महोत्सब गर्न लागेको हो ।

काठमाडौंमा एक समारोहबीच कलाकारहरु दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव घोषणा गरिएको हो । ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को मुख्य कलाकारहरुमध्ये एक हुनुहुन्छ । ‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने नाराको साथ महोत्सब घोषणा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)