मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल एक खेलअघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता

Ujyaaloonline.com · Tue Apr 16 23:38:01 UTC 2024

काठमाण्डौ – नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ । आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसियाको र हङकङको २–२ अङ्क छ ।

अन्तिम खेलमा नेपाल पराजित भए पनि नेपालको ६ अङ्क कायम रहनेछ । नेपालले भोलि साउदी अरेबियासँग खेल्दैछ । यो प्रतियोगिताको विजेता टोलीले एसियाकप खेल्न पाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)