मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, नयाँ दाबी पेश गर्न दुई दिनको समय !

Ujyaaloonline.com · Tue Apr 16 23:37:38 UTC 2024

काठमाण्डौ – सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गर्नुभएको छ । एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री मियाँले नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्मको समय दिनुभएको छ ।

यसअघि प्रदेश प्रमुख मियाँले दश दिनको म्याद दिएर अस्ति आइतवारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । तर एउटै दल अर्थात् नागरिक उन्मुक्तिका दुई जना लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्लाबेग्लै समर्थक जुटाएर दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले कानुनी परामर्श लिएर पुन दाबी पेश गर्ने समय दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)