मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भेरी अस्पतालमा छैन रेबिजविरुद्धको खोप

nayapatrikadaily.com · Sun Sep 03 00:33:00 GMT 2023

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगन्जमा रहेको भेरी अस्पताल पुगे । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको बतायो । र, उनले छेउकै मेडिकलबाट ६ सय ३० रुपैयाँमा एक डोज खोप किने । थप १० रुपैयाँमा एउटा सुई र सिरिन्ज पनि किने । ‘सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुने भन्छ । तर, अस्पतालको फार्मेसीमा पाइएन, मैले त एक डोजको ६ सय ३० तिरेँ,’ उनले भने ।

सरकारले सन् २०३० भित्र कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । सोहीअनुसार रेबिजविरुद्धको खोप निःशुल्क घोषणा गरिए पनि सरकारी अस्पतालमा जहिल्यै अभाव हुन्छ । बजारमा महँगोमा खोप पाइने भएकाले विपन्न तथा असहाय बिरामी खोप नलगाएर फर्किने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)