मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

ratopati.com · Sun Apr 02 06:19:00 GMT 2023

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् ।गल्ली गल्ली संस्थाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन बिमोचन कार्यक्रममा उनले शिक्षा समग्र चीजको आर्थिक आधार एवं मूल जगभएको बताए । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गरे ।

मुख्यमन्त्री शर्माले भने, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण गर्न भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सहि तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारहरुले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)