मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक दलमा आबद्ध शिक्षक, कर्मचारीलाई कारबाही गर्न शिक्षा मन्त्रालयको सक्रियता

Ujyaaloonline.com · Tue Apr 16 23:38:17 UTC 2024

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयलाई महत्वका साथ अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ ।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)