मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानको निर्णयले ईपीएल दुःखी

ekantipur.com · Tue May 24 00:21:43 GMT 2022

काठमाडौँ — एभरेस्ट प्रिमियर लिगले नोभेम्बर १२ देखि २६ मा एभरेस्ट प्रिमियर लिग (ईपीएल) को नयाँ संस्करण घोषणा गरेको थियो । साता दिनअघि नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग घोषणा गरेपछि ईपीएलको अस्तित्वलाई संकटमा पारिदिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनबाट फुकुवा भएपछि क्यान अहिले आफैं प्रिमियर लिग गर्न लागेको छ । सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टी–२० लिग गर्ने जनाइसकेको छ । त्यसका लागि क्यानले भारतीय खेलकुद व्यवस्थापन कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक साझेदार बनाएको छ । एउटा देशमा एकमात्र लिग हुने आईसीसीको निर्देशनअनुरुप आफूहरू चल्ने क्यानले बताउँदा ईपीएलका संस्थापक आमिर अख्तर विश्व क्रिकेटको सर्वोच्च निकायमा त्यस्तो कुनै प्रावधान नरहेको दाबी गर्छन् । ईपीएललाई निरन्तरता नदिनु दुःखद पक्ष भएको र यसले क्रिकेटलाई नोक्सान पुर्‍याउने उनको दाबी छ । क्यान आफ्नो निर्णयमा यथावत रहेमा आफूहरूले उसका कार्यक्रम बहिष्कार गर्ने चेतावनी ईपीएल र त्यससँग सम्बन्धित फ्रेन्चाइज टोलीको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)