मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फेरि नयाँ स्टक एक्सचेन्जको तयारी

ekantipur.com · Mon Jun 07 00:53:41 GMT 2021

काठमाडौँ — धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हालै धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाएको हो ।

नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्नुका साथै हालको नेपाल स्टक एक्सचेन्जले राम्रो काम गर्न नसकेकाले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । समितिले बोर्ड व्यवस्थापनसमक्ष प्रतिवेदन बुझाइसकेको छ । तर आइतबारसम्म उक्त प्रतिवेदन सञ्चालक समितिमा पेस भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)