आइपीएल क्रिकेटमा दिल्लीले चेन्नेईलाई हरायो
ekagaj.com · Sun Apr 11 00:08:09 GMT 2021
काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेईलाई हराएको छ । शनिबार राती भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले पराजित गरेको हो ।
चेन्नेईले दिएको १८९ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै भेट्टायो । उसका लागि शिखर धवनले ८५ र पृथ्वी शाले ७२ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)