मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

ratopati.com · Thu May 21 19:02:12 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत वर्षमा सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । कामपा शिक्षा विभागले पुस्तकरहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको हो ।

कामपाका स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, “हामी कार्यान्वयनयोग्य नीति कार्यक्रम बनाउन चाहन्छौँ । यसका लागि जो कार्यान्वयन तहमा हुनुहुन्छ । उहाँहरूले कस्ता कार्यक्रम कार्यान्वयन गर्न सक्नुहुन्छ । उहाँहरूको धारणा र क्षमता बुझेर त्यही प्रकारका नीति र कार्यक्रम तर्जुमा गर्छौँ । यसले नतिजा प्राप्त गर्न सहज हुनेछ ।” उनका अनुसार वडाहरूलाई दुई समूहमा विभाजन गरेर महानगरले पृष्ठपोषण लिइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)