नेपालमा अझै दुई दिन पानी पर्ने सम्भावना
ekantipur.com · Wed Mar 20 16:48:08 GMT 2024
काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी कोशी, मधेश र वाग्मती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर निरन्तर वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोशी, मधेश र वाग्मती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)