नलैजानुस् ट्वाइलेटमा मोबाइल ?
farakdhar.com · Thu May 06 22:55:10 GMT 2021
एजेन्सी– अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो ।
ट्वाइलेटमा मोबाइल लिएर जाने हो भने अत्यधिक धेरै ब्याक्टेरिया हाम्रो मोबाइलमा जोडिनेछन् । ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुन सक्दैनौँ । यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)