५ वर्षदेखि अलपत्र तिलावे खोलाको पुल निर्माणका लागि सीडीओलाई पर्साका युवाहरुको समूहको ज्ञापनपत्र
pahilopost.com · Sun Oct 31 17:22:20 GMT 2021
वीरगंज : पर्साका युवाहरुको समूहले पर्साको ग्रामिण भेगलाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको तिलावे खोलाको पुल निर्माण गर्न माग गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल र हुलाकी सडक निर्माण निर्देशनालय वीरगंजलाई आइतवार ज्ञापन पत्र बुझाउँदै युवाहरुको समूहले यथासिघ्र पुल निर्माणको लागि माग गरेका हुन्।
तिलावे पुल निर्माण दबाब समूह गठन गरी कार्यक्रम गरिएको दबाब समूहका राजेश यादवले बताए। ज्ञापन पत्र बुझ्दै प्रजिअ ढकालले ठेकेदारलाई कानुनको दायरमा ल्याएर पुल निर्माण कार्य अघि बढाउने आश्वासन दिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)