राजनीतिसँगै कृषिमा ‘छलाङ’
ekantipur.com · Thu Jan 08 17:56:41 GMT 2026

बर्दिया — राजनीति गर्नेले ‘झोला बोकेर’ नेता र जनताको दैलोमात्र धाउनुपर्छ भन्ने के छ र ? फुर्सदमा आय–आर्जनका काम गरेर आन्मनिर्भर पनि बन्न सक्नुपर्छ । पछिल्लो समय राजनीतिसँगै आय–आर्जनका काममा संलग्न पनि भेटिन्छन् । त्यस्तै व्यक्तिमध्ये जिल्लाको मधुवन–४ का सुरेश पन्थ एक हुन् ।
जिल्लामा व्यावसायिक रूपमा कृषि कर्म गर्ने व्यक्तिका रूपमा उनको परिचय बनेको छ । उनलाई ‘नेता’ भन्दा कृषकका रूपमा चिन्ने धेरै छन् । २०७९ सालमा तत्कालीन एकीकृत माओवादीबाट बर्दिया–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । त्यसयता जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा व्यस्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)