जनमत नेतृत्वको मधेश सरकार साढे चार महिनामै संकटमा, नेतृत्व लिने तयारीमा कांग्रेस
barnanmedia.com · Sat Nov 23 22:01:12 GMT 2024

गत असार १७ मा कांग्रेस र एमालेबीच सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। र, ६ वटै प्रदेशमा कांग्रेस र एमाले नेतृत्वमा सरकार बने। कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा सरकार बन्दा बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बने। तर, मधेश प्रदेशमा भने जनमतले नेतृत्व पायो। जबकि, कांग्रेस र एमाले त्यहाँका ठूला दल हुन् कुनै साना दललाई सहभागी गराएर उनीहरुले सरकारको नेतृत्व लिन सक्थे।
कांग्रेस र एमालेले भने त्यसो गरेनन्। बरु १३ सिटको जनमतलाई मुख्यमन्त्री दिए। यसको मुख्य कारण थियो, केन्द्रमा जनमतलाई सँगसँगै लग्ने र मधेशमा जसपा अध्यक्ष उपेन्द्र यादवको पकड कमजोर पार्ने। १९ सिट रहेको जसपालाई कमजोर बनाउनैका लागि भएपनि यहाँ जनमतलाई नेतृत्व दिइयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)