गायक बरालको एकल साँझ
gorkhapatraonline.com · Mon Nov 06 06:30:46 GMT 2023
काठमाडौँ, कात्तिक २० गते । गायक यम बरालको एकल साँझ शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ । साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत सुनाउनुभएको थियो । ‘हिस्टोरिकल लाइभ इन कन्सर्ट’ नाम दिइएको साँझमा गायक बरालले जाजरकोट भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो प्रस्तुति सुरु गरेका थिए ।
गायक बरालले लोकप्रिय गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ बाट सुरु साङ्गीतिक साँझ सुरु गर्नुभएको थियो । त्यसपछि ‘दिलमाया दिलमाया’, ‘अब चोटहरूले’ ‘मन रहे पो मायाप्रीति’ र ‘निष्ठुरीले छाडेर गइहाली’ प्रस्तुत गर्नुभयो । बरालले दोस्रो चरणमा चलचित्रका गीत गाउनुभयो । ‘तिम्रो हाम्रो चिनारी’, ‘जाऔँ न ठमेलमा’ गीतमा उहाँलाई गायिका देविका वन्दना र अनु अधिकारीले स्वरमा साथ दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)