महिला फुटबल प्रतियोगिता : प्रगतिशील सेवा समाज विजयी
barnanmedia.com · Sat Nov 23 22:15:50 GMT 2024
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका र प्रगतिशील सेवा समाज बाहुनीडाँडा विजयी भएका छन् ।
त्रिधार्मिकस्थल हलेसीस्थित बशाहाथान खेलमैदानमा भएको पहिलो खेलमा हलेसी तुवाचुङले साकेला सिली समूह सल्लेलाई एकका विरुद्ध दुई गोलले पराजित गरेको हो । हलेसी तुवाचुङका लागि रिम्स मगरले दुई गोल गरिन् । साकेला सिलीका लागि खेलको पहिलो हाफमा वीणा राईले गोल गरिन् । मध्यान्तरपछिको खेलमा साकेला सिलीले गोल गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)