मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साविकको विजेता वेस्ट इन्डिज बाहिरियो, श्रीलंकाको सुखद अन्त्य

baahrakhari.com · Fri Nov 05 01:40:00 GMT 2021

काठमाडौं । साविकको विजेता वेस्ट इन्डिज टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा वेस्ट इन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो ।

सन् २०१६ को विश्वकप क्रिकेटको उपाधि जित्न सफल वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरिएको हो । शेख जायद क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको १९० रनको लक्ष्य वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १६९ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)