आजदेखि पाल्पामा अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला हुँदै
nepaltvonline.com · Fri Apr 26 00:05:49 UTC 2024

पाल्पा- पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद भेलाको हुने भएको छ । दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)