विशेष महाधिवेशनको मागले कोशीबाट कांग्रेस नेतृत्वमाथि तीव्र दबाब
ekantipur.com · Thu Jan 08 18:00:35 GMT 2026

विराटनगर — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा कोशी प्रदेशबाटै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष देखिएको छ । कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले प्रदेशका करिब दुईतिहाइ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गर्दै वर्तमान नेतृत्वमाथि दबाब बढाएका छन् ।
फागोका अनुसार कोशी प्रदेशका प्रतिनिधिहरूको काठमाडौं आगमनले विशेष महाधिवेशनको माग असन्तुष्टि मात्रै नभएर संगठित आन्दोलनको चरणमा प्रवेश गरिसकेको संकेत गर्छ । ‘२ सय ७७ जना प्रतिनिधि काठमाडौं आइसकेका छन्, ६९ जना यात्रामा छन् र भोलिसम्म अझ धेरै जान्छन्,' फागोले भने, ‘यो संख्याले कोशीको मनोविज्ञान प्रष्ट देखाउँछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)