मन लागे सिनेमामा अभिनय पनि गरूँलाः रविन्द्र मिश्र
nepalipatra.com · Thu May 26 10:28:17 GMT 2022
काठमाडौँ। विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले अब आफूलाई मन लागे सिनेमामा अभिनय गर्ने बताएका छन्। स्थानीय चुनावमा पार्टीका उम्मेदवारहरूको अपेक्षाअनुसार परिणाम नआएपछि बुधबार पार्टी अध्यक्षबाट राजीनामा दिएका मिश्रले आफूलाई मन लागे सिनेमा पनि खेल्ने बताएका हुन्।
मिश्रले बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखिएकोले त्यसो नगर्न अनुरोध गरेका छन्। नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो आफूले त्यही गरेकोले पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिन र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)