उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति युवा संघले गर्यो भर्त्सना
baahrakhari.com · Sat Jun 05 18:23:00 GMT 2021
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)को युवा संघले उपप्रधानमन्त्री राजेन्द्र महताको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । संघका अध्यक्ष किरण पौडेलले संविधानको व्याख्या नै नेपाल राष्ट्रको परिभाषा भएकाले अभिव्यक्ति फिर्ता लिन माग गरेका छन् ।
“नवनियुक्त उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेपश्चात् आफ्नो पार्टी सरकारमा रहुञ्जेल बहुल राष्ट्रिय राज्य निर्माणका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने प्रतिक्रिया दिएका छन्,” युवा संघले भनेको छ, “उनको यो अभिव्यक्ति नेपालको संविधान–२०७२ को भाग १, प्रारम्भिक, धारा ३ राष्ट्रका बारेमा गरिएको परिभाषा (बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो) विपरीत छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)