शीर्ष स्थानको होडमा चर्च ब्वाइजको बलियो पकड, जावलाखेल पराजित
pahilopost.com · Sat Jun 03 17:29:18 GMT 2023
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले शीर्षस्थानमा बलियो पकड बनाउँदै लगेको छ। शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा तेस्रो स्थानको जावलाखेलमाथि ३-० गोलको सहज जित निकाल्दै लिग लिडर चर्च ब्वाइजले शीर्षस्थानमा बलियो पकड बनाउँदै लगेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा अञ्जन बिस्टको गोलमा चर्च ब्वाइजले अग्रता बनाएको थियो। दोस्रो र तेस्रो गोल भने आशिष चौधरीले थपे। उनले खेलको ८८ औँ मिनेटमा दोस्रो गोल गर्दा इन्ज्युरी समयमा तेस्रो गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)