श्री र फिस्टेलका ‘एएस३५०’ हेलिकोप्टर उडानमा रोक
nayapatrikadaily.com · Fri Sep 29 00:36:00 GMT 2023
सोलुखुम्बुको खुम्बु क्षेत्रमा खराब मौसमको समयमा पनि उडान गरेर हवाई सुरक्षामा खेलबाड गरेको भन्दै नियमनकारी निकायले दुई हेलिकोप्टर कम्पनीको उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री र फिस्टेल एयरका ‘एएस३५० बी३ई’ हेलिकोप्टर उडाउन रोक लगाएको हो ।
दुवै हेलिकोप्टर कम्पनीले भिजुअल फ्लाइट रुल्स (भिएफअर) उडानको नियम उल्लंघन गरेको क्यानले ठहर गरेको छ । लुक्लाभन्दा माथि रहेको एउटा हेलिप्याडबाट कुहिरोले ढाकेकै अवस्थामा हेलिकोप्टर उडान गरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘वरिपरि कुहिरोले ढाकिरहेका वेलामा हेलिकोप्टर हेलिप्याडबाट टेकअफ गरेछन्, उड्न नसकेर ल्यान्ड गरेछन् र फेरि टेकअफ गरेछन्,’ उनले भने, ‘यो घटना अलि दिनअघिको हो, तर अहिले प्रमाणसहित रिपोर्ट आएपछि बिहीबारदेखि नै एएस३५० सिरिजका हेलिकोप्टर उडानमा रोक लगाएका हौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)