कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल
barnanmedia.com · Sat Nov 23 23:17:12 GMT 2024

ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनःस्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो ।
जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र आवश्यक औषधोपचार तथा स्याहार सेवा दिइएको छ । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनःस्थापना गृह सञ्चालन गरी सेवा प्रदान गर्दैआएको अस्पताल प्रमुख डा साजन दुवालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)