मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिटीको लगातार पाँचौँ हार

ekantipur.com · Sat Nov 23 23:28:16 GMT 2024

काठमाडौँ — जेम्स म्याडिसनको दुई गोलमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ४–० ले पराजित गरेको छ । सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच खेलमा पराजित रहेको यो पहिलो पटक हो ।

पहिलो हाफमै म्याडिसनले दुई गेल गरेपछि पेड्रो पेरोले टोटनहमका लागि दोस्रो गोल थपे । त्यसपछि ब्रेनन जोन्सनले इन्ज्युरी समयमा चौथो गोल गरे । यस नतिजासँगै घरेलु मैदान इतिहाडमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रा पनि टुंगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)