मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेल्टा भिगोसँग बार्सिलोनाको बराबरी

ekantipur.com · Sat Nov 23 23:31:31 GMT 2024

काठमाडौँ — स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले शनिबार सेल्टा भिगोसँग २–२ को बराबरी खेलेको छ । दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि बार्सिलोनाले आफ्नो ठोस अग्रता गुमाएको हो र यससँगै एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो ।

राफिन्हाको गोलले अग्रता लिएको बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले दोस्रो गोल थपे र टिम २–० ले अगाडि रह्यो । त्यसपछि सेल्टा भिगोका लागि एलफोन गोन्जालेजले ८४ र ह्युगो अल्भारेजले ८६ औं मिनेटमा गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)