महाराष्ट्रमा भाजपा गठबन्धन र झारखण्डमा जेएमएम गठबन्धनलाई बहुमत
ekantipur.com · Sat Nov 23 23:38:09 GMT 2024
काठमाडौँ — भारतको महाराष्ट्र राज्यको विधानसभा निर्वाचनमा सत्तारूढ गठबन्धन भारी बहुमतले विजयी भएको छ । २ सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले २ सय ३५ सिट जितेको छ । यहाँ बहुमतका लागि १ सय ४५ सिट आवश्यक थियो ।
भाजपा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको ‘महायुती’ गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । विपक्षी गठबन्धन ‘महा विकास अघाडी (एमभीए)’ ४९ सिटमा विजयी भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)