धरहरा चढ्न अब शुल्क
ekantipur.com · Sat Nov 23 23:41:38 GMT 2024
काठमाडौँ — गत असोज ३ देखि शनिबारसम्म ९० हजारभन्दा बढीले निःशुल्क धरहरा चढे । अब आइतबारबाट भने धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले भने उक्त रकममा ५० प्रतिशत छुट पाउनेछन् । उनीहरूले एक सय रुपैयाँ तिरे पुग्नेछ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म अन्तरिम व्यवस्थाअनुसार धरहरा खुला गरिएको भए पनि अब शुल्क निर्धारण गरेर चलाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)