पोखरामा भुवा
gorkhapatraonline.com · Sun Jul 30 06:43:21 GMT 2023
लेखनाथ समाचारदाता
लेखनाथ, साउन १४ गते । साहित्यकार जनार्दन दाहालको पहिलो आख्यानात्मक कृति ‘भुवा’ बजारमा आएको छ । दाहालको लघुकथा सञ्चयन भुवामाथि शनिबार पोखरामा आयोजित कार्यक्रममा परिचर्चा गरिएको हो । लघुकथा प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले समय सुहाउँदो भाषाशैली, विषय र आयामलाई समातेर लघुकथा लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले जीवन नै कथा जस्तै भएको उल्लेख गर्नुभयो । सरुभक्तले भन्नुभयो, “जन्मदेखि नै कथा सुरु हुन्छ । बाँचुन्जेल कथाकै उपकथा चलिरहन्छन् । मृत्युपछि कथा टुङ्गिन्छ कि टुङ्गिदैन भन्ने पनि थाहा छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)