प्रेरक प्रसंग : मृत्युका ठेकेदारको मृत्यु !
nayapatrikadaily.com · Fri Apr 26 00:14:00 UTC 2024

उनले प्रतिक्रिया पढ्न सुरु गरे । त्यहाँ फ्रेन्च भाषाको एउटा प्रतिक्रियामा लेखिएको थियो– ‘मृत्युका ठेकेदारको मृत्यु ।’ यो टिप्पणी उनका लागि सबैभन्दा ठूलो आघातको विषय बन्यो । उनले मनमनै आफैँलाई प्रश्न गरे– के मृत्युपछि मलाई मानिसले यसैगरी सम्झन्छन् त ?
यो घटना उनको जिन्दगीमा एउटा ‘टर्निङ प्वाइन्ट’ बन्यो । त्यसै दिनदेखि उनले विश्वशान्ति र समाज कल्याणका लागि काम गर्न सुरु गरे । डाइनामाइटका यी आविष्कारकले मृत्युअघि नै आफ्नो अकुत सम्पत्ति विज्ञान र समाज कल्याणका क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई पुरस्कार दिने कामका लागि दान दिए । ती महान् व्यक्तिको नाम थियो, अल्फ्रेड बर्नार्ड नोबेल । आज उनैको नाममा हरेक वर्ष विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)