मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामकोट घटना :  जसले आफूसँगै ११ वर्षीया छोरीलाई पनि विष पिलाए  !

ratopati.com

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति विष पिएका ४ जनाको स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको गए राति नै मृत्यु भयो ।

मनमोहन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको मध्ये ३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान पति–पत्नी हुन् । ६२ वर्षीया इन्दिरामाया प्रधान चाहिँ भीमकी आमा हुन् । भीम र मन्दिराकी छोरी हुन् ११ वर्षकी सुप्रिया प्रधान । बालाजु स्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा ६ कक्षामा अध्ययनरत सुप्रिया पढाइमा अब्बल थिइन् । सबै विषयमा ‘ए प्लस’ रिजल्ट आएको थियो । तर, जन्म दिएका बुवा–आमाले विष पिलाएपछि ती अबोध बालिका अहिले मनमोहन अस्पतालको भेन्टिलेटरमा जीवनको लडाइँ लड्दै छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)