चुच्चे नक्सा : सुदूरपश्चिममा चुनावी मुद्दा
annapurnapost.com · Thu Nov 10 00:29:00 GMT 2022
दार्चुला/बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले दार्चुलामा चुनावी कार्यक्रम गरे लगत्तै सत्ता गठबन्धनले पनि दार्चुलाको गोकुलेश्वर, बैतडीको पाटन र कैलालीको सुखडमा चुनावीसभाको आयोजना गरेको छ। बुधबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीनै स्थानमा चुनावीसभा सम्बोधन गरेका हुन्।
दार्चुलाको गोकुलेश्वरमा चुनावी कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता लिन दार्चुला होइन। भारतसँग बोल्न सक्नुपर्ने बताए। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संसद्ले बहुमतबाट पारित गरिसकेको छ। अब त्यो भूमि फिर्ता लिन दार्चुला होइन भारतसँग कुरा गर्नुपर्छ’, देउवाले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)