मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

‘कतारबाट छिट्टै मतदाता नामावली संकलन सुरु हुन्छ’

rajdhanidaily.com · Mon Sep 18 23:31:40 GMT 2023

दोहा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छिट्टै कतारबाट मतदाता नामावली संकलनको कार्य सुरु हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्नेसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा पहिलो मुलुक कतारबाटै मतदाता नामावली संकलनको थालिनी गरिने बताए ।

आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने व्यवस्था गर्न प्रस्ताव गरिसकेको जानकारी दिए । विदेशस्थित नेपाली दूतावासमा उपस्थित भएर आफ्नो मतदाता नामावलीमा नाम लेखाउन सकिने, दूतावासबाट टाढा रहेको क्षेत्रमा पनि दूतावासले टोली पठाएर नामावली गर्न सकिने र नामावली संकलन गर्न सरकारी कर्मचारी नै हुनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)