एलिनालाई निरन्तर पाँचौं स्वर्ण
ekantipur.com · Fri Oct 21 01:01:02 GMT 2022
पोखरा — नवौं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताले सुरुवाती खेलाडी छनोटको आधार तयार गरेको छ । खेलाडीको पदक जित्नुसँगै अर्को लक्ष्य छ, अन्तर्राष्ट्रिय प्रतियोगितालाई छनोटमा पर्नु ।
पोखरा रंगशालामा बिहीबार उसुतर्फ २३ स्वर्ण छिनोफानो हुँदा आर्मीको भागमा १२ स्वर्ण पर्यो । राष्ट्रिय खेलकुदमा निरन्तर पाँच स्वर्ण जित्नेमा थिइन्, आर्मीकी एलिना चौधरी । पाँचौं, छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा उनले आफ्नो तौल समूहमा स्वर्ण जितेकी थिइन् । पोखरामा उनले ५२ केजी तौल समूहमा पहिलो हुँदै स्वर्ण यात्रालाई कायम राखिन् । ०६४ बाट १६ वर्षको उमेरमा खेल जीवनमा प्रवेश गरेकी कैलालीकी एलिनाले एक वर्षपछि सुदूरपश्चिमबाट सहभागी भएर स्वर्ण जित्न सुरु गरिन् । छैटौं र सातौंमा पनि सुदूरपश्चिमलाई स्वर्ण दिलाएकी उनले ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य तथा १३ औं सागमा रजत जितिन् । ‘अझै अन्तर्राष्ट्रिय म्याच खेल्न पाए राम्रो प्रदर्शन गर्ने थिएँ,’ २८ वर्षीया उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)