प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने प्रयास
nayapatrikadaily.com · Thu Jul 27 01:13:00 GMT 2023
किर्ते कागजपत्रका आधारमा बालुवाटारस्थित ललितानिवासपरिसरको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको घटनामा संलग्नहरूलाई पक्राउ गरी यतिवेला प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, ललितानिवासकै शैलीमा प्रहरीकै ३६ रोपनी जग्गा व्यक्तिले हत्याउने प्रयास भइरहेको खुलेको छ ।
काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास भएको हो । वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा एक स्थानीयले आफ्नो दाबी गर्दै नक्कली कागजपत्र तयार पारी हत्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पनौतीकै पुष्करबहादुर बस्नेतले ३६ रोपनी दुई पैसा क्षेत्रफलको सो जग्गा हत्याउन मालपोत र नापी कार्यालयकै कागजपत्र किर्ते भइसकेको छ । उनले आफ्नो नाममा दर्ताको माग गरी हाल सर्वाेच्चमा समेत मुद्दा हालेका छन् । बस्नेत मालपोतकै पूर्वनायबसुब्बा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)