मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम अभ्यास खेलमा इंग्ल्यान्ड विजयी

ekantipur.com · Tue Oct 03 00:59:27 GMT 2023

गुवाहटी — डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले वान डे विश्वकप अगाडिको आफ्नो अन्तिम अभ्यास खेलमा सोमबार बंगलादेशलाई डीएसएल नियमअनुसार चार विकेटले पराजित गरेको छ । मोइन अलीले ३९ बलमा ५६ रन बनाए र इंग्ल्यान्डले १ सय ९७ रनको परिमार्जित लक्ष्य ७७ बलको खेल बाँकी छँदै हात पारेको थियो ।

त्यसअघि रिस टोपलीले २३ रनमा तीन विकेट लिएपछि बंगलादेशले ३७ ओभरमा नौ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । बंगलादेशी इनिङ्सको मध्यमा खेल वर्षाले तीन घण्टा बिथोलिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)