लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशंका
ekantipur.com · Sat Sep 07 16:57:08 UTC 2024

लखनउ — लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा शनिबार चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् ।
लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 'हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,' लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले एएनआइलाई भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)