कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल
ratopati.com · Sat Sep 07 16:58:00 UTC 2024

कैलाली । कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी पर्वको चहलपहल बढेको छ । प्रायः कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइने यस पर्वका अवसरमा पकाइने विभिन्न परिकार तथा अन्य गतिविधिको तयारीका लागि यहाँ चलहपहल भइरहेको छ ।
यस पर्वमा अण्डी चामलको भात तथा रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका विभिन्न परिकार बनाउने गरिन्छ । थारू कल्याकारीसभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरीले थारू समुदायमा विशेष रूपमा मनाइने यस पर्वको अघिल्लो दिन आज अन्तिम तयारी भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)