१४ दिनदेखि एउटै कोठामा ७ परिवारको बास
ekantipur.com · Sun Jul 21 17:05:00 UTC 2024

कञ्चनपुर — जमुना आधारभूत विद्यालयको एउटा कोठामा ७ वटा खाट राखिएका छन् । कोही खाटमा बसेका छन् । कोही भूइँमा । बालबालिका पनि कोही खाटमा त कोही भूइँमा थिए । बाढी घरमा क्षति भएपछि १४ दिनदेखि विद्यालयको एउटा कोठामा ७ परिवारका १७ जना बसिरहेका छन् ।
‘एउटा कोठामा धेरै जना सुत्दा अप्ठेरो हुन्छ, राति गर्मी पनि धेरै हुन्छ,’ पटेराखल्लाका ६५ वर्षीय लालसिंह सुनारले भने, ‘राति बाहिरभित्र गर्न समेत अप्ठेरो हुन्छ, बालबालिका च्यापिने डर पनि हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)