एकदिवसीय विश्वकप: डिकको सानदार शतकमा दक्षिण अफ्रिकाको बंगलादेश माथि रवाफिलो जित
deshsanchar.com · Tue Oct 24 16:53:12 GMT 2023
एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाँचौं खेलमा चौंथो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको हो। जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ८२ रन बनाएको थियो। ओपनर क्विन्टन डिककले १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले। उनको यो जारी विश्वकपमा तेस्रो शतक हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)