मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माणका लागि नेपाली सेना

barnanmedia.com · Sun Jun 14 15:08:12 GMT 2026

काठमाडौं — कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्निर्माणका लागि नेपाली सेना खटिएको छ।

सरकारले आसन्न वर्षात्को जोखिमलाई ध्यानमा राख्दै शनिबारदेखि पुनः सेनालाई परिचालन गरेको हो। यसअघि पनि गत वर्ष गाइडबण्ड निर्माणका लागि सो क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी सेनालाई जिम्मेवारी दिइएको थियो।

सडक डिभिजन कार्यालय कञ्चनपुरको समन्वयमा सेना परिचालन गरिएको छ। नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाबाट प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरिसकेको छ।

सेनाले तत्काल क्षति न्यूनीकरण गर्दै थप क्षति हुन नदिन र तटीय बस्ती जोगाउन काम सुरु गरिसकेको जनाएको छ। विभिन्न स्थानबाट थप सैनिक जनशक्ति परिचालन भइरहेको छ।

गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटर क्षेत्रमा क्षति पुर्‍याएको थियो। यसै क्षेत्रमा केन्द्रित भएर पुनर्निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भए पनि डिजाइन र भेरियसन विवादका कारण निर्माण कम्पनी बाहिरिएको छ, जसको विषय हाल मध्यस्थ प्रक्रियामा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय