मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच जनाको पहलमा मानव सेवा आश्रमलाई भवन

gorkhapatraonline.com · Wed Oct 25 07:29:38 GMT 2023

गलकोट, कार्तिक ८ गते । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ । युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग गरेर बागलुङ नगरपालिका–३ स्थित किनाराटोलमा सञ्चालित सो आश्रम आफ्नै भवनमा सर्ने तयारीमा छ ।

साँघुरो कोठाबाट सुरु गरिएको मानवता अभियान अहिले सुविधा सम्पन्न भवनबाट प्रदान गर्ने उद्देश्यले २०७७ सालदेखि वडा नं ४स्थित निरयघाटमा तीनवटा ब्लकको भवन निर्माण भइरहेकोे छ । अहिले भवन निर्माणको काम ६० प्रतिशतभन्दा बढी पुगेको छ । नगरपालिकाको पहलमा पाँच रोपनी जग्गामा बनिरहेको आश्रमका लागि गण्डकी प्रदेश, स्थानीय तह र मानवता अभियानकर्मीले आर्थिक सहयोग गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)